Skip to Content

Speak out

Speak out

Quick exit
Quick exit

Call the NSW Domestic Violence Line on   1800 65 64 63 1800 65 64 63

बोल्नुहोस्

यिद तपाईं घरमा असुरक्षित महसुस गर्नुहुन्छ भने तपाईं बोल्न सवनुहुन्छ।

एनएसडब्ल्यू घरेलु हिंसा लाइन (NSW Domestic Violence Line) लाई यो नम्बरमाः1800 65 64 63 मा फोन गर्नुहोस्।

हामी तपाईंको कुरा सुन्नेछौं, तपाईंलाई विश्वास गर्नेछौं र तपाईंलाई मद्दत गर्नेछौं।

हामी दिनको २४ घण्टा, हप्ताको ७ दिन उपलब्ध छौं। दोभाषेहरु उपलब्ध छन् र सबै कुराकानीहरू गोप्य हुन्छन्। यदि तपाईं राम्ररी सुन्न सक्नुहुन्न भने राष्ट्रिय रिले सेवा (National Relay Service) लाई 133 677 मा फोन गर्नुहोस्।

यदि तपाईं NSW Domestic Violence Line मा फोन गर्न सक्नुहुन्न भने तपाईं 1800RESPECT अनलाइन च्याट मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। तपाईंले केही छोटा प्रश्नहरूको उत्तर दिनु आवश्यक पर्दछ र त्यसपछि तपाईं परामर्शदातासँग अनलाइन च्याट गर्न सक्नुहुनेछ।

यदितपाईंवातपाईलेचिन्नेकोहीतत्कालकोखतरामाहुनुहुन्छभनेकृपयापुलिसलाईतीनशून्य (000) माफोनगर्नुहोस्।

मद्दत माग्नुहोस् घरेलु हिंसा के हो?

मद्दत माग्नुहोस्

एनएसडब्ल्यू घरेलु हिंसा लाइन (NSW Domestic Violence Line) लाई 1800 65 64 63 नम्बरमा निःशुल्क फोन गर्नुहोस्।

NSW Domestic Violence Line ले निम्न सहयोग गर्न सक्दछ:

तपाईं परामर्शदातासँग 1800RESPECT अनलाइन च्याटमार्फत अनलाइन कुरा गर्न सक्नुहुन्छ।

अरूकसैलाई मद्दतगर्नुहोस्

यदि तपाईंले चिन्ने कोही व्यक्ति घरेलु र पारिवारिक हिंसाबाट पिडित हुनु हुन्छ भने, तपाईं तिनीहरूलाई सुरक्षित महसुस गराउन र मद्दत खोज्न सघाउन सक्नुहुन्छ। तपाईंले कसरी सहायता प्रदान गर्न सक्नुहुन्छ भन्ने बारे थाहा पाउन हाम्रो वेबसाइटमा वा NSW घरेलु हिंसा लाइन (NSW Domestic Violence Line) लाई 1800 65 64 63 मा फोन गर्नुहोस्।

अनलाइनतथा तपाईंकोउपकरणहरूमा सुरक्षित रहनुहोस्

घरेलु र पारिवारिक हिंसामा पार्टनर वा पूर्व पार्टनरले तपाईंले हेरेका वेबसाइटहरू जाँच गर्ने वा तपाईंलाई नियन्त्रण गर्न वा सताउनका लागि प्रविधिलाई अन्य तरिकाबाट प्रयोग गर्न सक्छन्। यदि तपाईंलाई लाग्छ कि कुनै दर्व्यवहार व्यक्तिले प्रविधिको प्रयोग गरेर हैरान गर्ने, पिछा, वा निगरानी गरिरहेको जस्तो लाग्छ भने कसरी सुरक्षित रहने थाहा पाउनुहोस्।

घरेलु हिंसा भनेको के हो?

घरेलु र पारिवारिक हिंसा तब हुन्छ जब तपाईको पार्टनर (जोडि), पूर्व पार्टनर वा परिवारको सदस्यले तपाईंलाई डराउने, धम्काउने, चोट पुर्‍याउने वा नियन्त्रण गर्ने प्रयास गर्दछ। अष्ट्रेलियामा:

  • ६ जनामा १ जना महिला र १६ जनामा १ जना पुरुषले हालको वा पूर्व पार्टनरबाट शारीरिक वा यौन हिंसाको अनुभव गरेका हुन्छन्
  • पार्टनरको हातबाट प्रत्येक ९ दिनमा १ महिला मारिन्छ र हरेक २९ दिनमा १ पुरुष मारिन्छ
  • ४ जना मा १ जना महिला र २० जनामा १ जना पुरुषले पार्टनरबाट भावनात्मक दुर्व्यवहार भोगेका हुन्छन्।

हिंसाको लागि कुनै पनि बहानाले कहिले मान्य हुँदैन।

दुर्व्यवहारको प्रकार

घरेलु र पारिवारिक हिंसा शारीरिक मात्र हुँदैन। यसमा निम्न खाले व्यवहार समावेश हुन सक्छ:

  • तपाईंलाई अपशब्द नामले बोलाउने वा तपाईंलाई तल झार्ने (होच्याउने) र अन्य प्रकारको मौखिक दुर्व्यवहार गर्ने
  • तपाईंलाई थर्काउने वा तपाईलाई कसैले पनि विश्वास गर्दैन भन्ने, वा अरू कुनै दुर्व्यवहार जसले तपाईंलाई भावनात्मक चोट पुर्‍याउँछ
  • तपाईंलाई बेवास्ता गर्ने वा उनीहरु आफैँलाई चोट पुर्‍याउने धम्की दिने र अन्य प्रकारको मनोवैज्ञानिक दुर्व्यवहार गर्ने जसले तपाईंको मानसिक स्वास्थ्यलाई असर गर्दछ
  • तपाईलाई बैंक खाताहरूमा पहुँच गर्न नदिने, केवल थोरै 'भत्ता' उपलब्ध गर्ने वा तपाईलाई जागिर गर्न नदिने र अन्य प्रकारका आर्थिक दुर्व्यवहार वा नियन्त्रण गर्ने
  • कुटपिट गर्ने, घाँटी न्याक्ने वा हल्लाउने र अन्य प्रकारहरू दुर्व्यवहारका जसले तपाईंलाई शारीरिक रूपमा चोट पु‌र्याउँछ।
  • तपाईंलाई संभोग गर्न वा यौन क्रियाहरु गर्न जवर्जस्ती गर्ने वा कुनै अन्य प्रकारका यौन दुर्व्यवहार गर्ने
  • तपाईंलाई पछ्याउने, तपाईंलाई जीपीएसमार्फत ट्र्याक गर्ने वा तपाईंलाई बारम्बार फोन गर्ने वा अन्य प्रकारका पिछा वा उत्पीडन गर्ने
  • तपाईंलाई थर्काउन धार्मिक आस्थाको प्रयोग गर्ने, तपाईंलाई तपाईंको धर्मको अभ्यास गर्नबाट रोक्ने वा तपाईंलाई धार्मिक अभ्यासमा भाग लिन बाध्य पार्ने, र अन्य प्रकारका आध्यात्मिक वा धार्मिक दुर्व्यवहार गर्ने
  • तपाईंलाई गर्भवती हुन बाध्य पार्ने, तपाईंलाई गर्भपात गर्न बाध्य पार्ने वा तपाईंको परिवार नियोजनका साधनहरु फ्याँकिदिने, वा अन्य प्रकारहरु प्रजनन दुर्व्यवहार गर्ने
  • तपाईंको सहमति बिना तपाईंको फोटो खिच्ने, बाँड्ने वा तपाईको निजी फोटो बाँडिदने धम्की दिने, वा तपाईलाई नियन्त्रण वा अपमान गर्ने उपायको रूपमा अन्य कुनै प्रकारको तस्वीरसँग सम्बन्धित दुर्व्यवहार प्रयोग गर्ने
  • तपाईंको फोन ट्र्याक गर्ने, तपाईंको व्यक्तिगत सन्देशहरू पढ्ने वा अनलाइनमा तपाईंको पहिचान लिएर ढोंग गर्ने, वा कुनै अन्य प्रकारको प्राविधिक दुरुपयोग गर्ने

चेतावनीका संकेतहरू

अपमानजनक व्यवहारको चेतावनी संकेतहरू याद राख्नुहोस् यदि तपाईको पार्टनर वा परिवार सदस्यलगायतले निम्न व्यवहार गरेमा:

  • तपाईंलाई नियन्त्रण गर्ने प्रयास गर्दछ
  • तपाईले गर्न नचाहनु भएका कामहरू गराउनलाई दबाब दिन्छ
  • जानाजानी तपाईलाई चोट पुर्‍याउँछ
  • अत्यन्त ईर्ष्यालु तरिकाले व्यवहार गर्दछ
  • तपाईंलाई होच्छाउँछ
  • तपाईंलाई धम्की दिन्छ

Return to English webpage

Was this content useful?
Your rating will help us improve the website.
Last updated: 26 Mar 2021